उपत्यकामा निषेधाज्ञा लम्बिने,आज बैठक बस्दै

  • प्रकाशित मिति : June 1, 2021
  • sthaniyasarkar.com

काठमाडौं : काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो ३ बजे  बस्ने जानकारी दिएको छ। उपत्यकाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइएको छ ।

उपत्यकामा जेठ १४ बाट बन्द गरिएको किराना पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने तयारी गरिएको छ । सार्वजनिक निर्माण पनि खुल्ला गर्ने प्रशासनको तयारी छ । जेठ १४ मा थप गरिएको निषेधाज्ञाको समय दुई दिन बाँकी छ । बैठकले निषेधाज्ञाको समय थप गर्ने बताइएको छ । निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको प्रमुख जिल्ला अधिकारीहरुले निष्कर्ष निकालेका छन् ।