नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण ६१ जिल्लामा समापन

  • प्रकाशित मिति : May 31, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ६१ जिल्लाको क्रियाशील सदस्यताको नवीकरण र वितरणको काम सकेको छ ।

क्रियाशील सदस्यतामा कुनै त्रुटि भएमा सच्याउनका लागि नयाँ तर्फको नामावलीका सम्बन्धमा क्षेत्रीय कार्यसमितिले जिल्ला मार्फत केन्द्रमा र नवीकरणतर्फको नामावलीका सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रमा तोकिएको समयभित्र लेखी पठाउन पार्टीले आग्रह गरेको थियो ।

सोसँगै ६१ जिल्लाको १०१ स्थानको लागि नामावली इन्ट्री गर्ने सफ्टवयर बन्द गरिएको छ । देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भैरहेको २०७ स्थानमध्ये उपरोक्त १०१ स्थान बाहेक बाँकी १०६ स्थानमा बाँकी रहेका नामावली इन्ट्री गर्नका लागि २०७८ जेठ २५ गते राति १२ बजेसम्मका लागि कम्प्युटर सफ्टवेयरलाई खुला गरिएको छ ।