आजको मौसम पूर्वानुमान

  • प्रकाशित मिति : May 30, 2021
  • sthaniyasarkar.com

काठमाडौ : मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।