काठमाडाैं : सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७५३ बटै स्थानीय तहलाई बजेट घोषणा गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले क्वारेन्टाइन, आइसोलेसन, होल्डिङ सेन्टर लगायतका लागि बजेट छुट्याएको घोषणा गरेका हुन् ।
नीजि तथा सामूदायिक अस्पताललाइसमेत बजेटले अक्सिजन प्लान्टका लागि ५० प्रतिशत अनुदान दिने भएको छ, भने बजेटले १०० शय्या वढी क्षमता भएका अस्पतालले आफ्नै अक्सिजन प्लान्ट बनाउनुपर्ने व्यवस्था गरेको छ ।
बजेटले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्तालाई निरन्तरता दिएको छ । कोरोनाका विरामीका लागि आवश्यक उपकरण खरिदमा ४ अर्ब रुपैयाँ बिनियोजन गरेको छ भने कोरोना औषधि आयातामा भन्सार छुट दिने घोषणा गरेको छ ।