चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरू आक्रमण गर्नेमाथि कानुनी कारबाही गरौ: डा.शेखर कोइराला

  • प्रकाशित मिति : May 29, 2021
  • sthaniyasarkar.com

काठमाडौ : बाँकेको भेरी अस्पतालमा चिकित्सक र नर्समाथि भएको आक्रमणको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले  विरोध गरेका छन्।

कोइरालाले शुक्रबार ट्वीटरमार्फत् सत्ता र पार्टीबाट संरक्षितहरूबाट ड्युटीमा खटिएका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई हमला गर्नेलाई कानुनी कारबाही गर्न माग गरेका छन्।

डा.कोइरालाको सामाजिक संजाल ट्विटरमा ”सत्ता र पार्टीवाट संरक्षितहरुद्वारा महामारीको यस्तो विषम परिस्थितिमा अहोरात्र ड्युटीमा खटिएका चिकित्सक,नर्स तथा स्वास्थ्यकर्मीहरुमाथि हमला गर्नु जघन्य अपराध हो। नेपालगञ्ज र बिराटनगरका चिकित्सक,नर्स तथा स्वास्थ्यकर्मीहरु आक्रमण गर्नेमाथी कानुनी कारवाही गरौं,सामाजिक बहिष्कार गरौं।”