आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

  • प्रकाशित मिति : May 29, 2021
  • sthaniyasarkar.com

काठमाडौ : पाल्पामा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिकाकी ८ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा ३१  बर्षीय बाबु पक्राउ परेका हुन् ।

जेठ १३  गते  जबरजस्ती करणी विरुद्ध  जाहेरी परेपछि ती पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले बताएका छन।