सामूहिक बलात्कार प्रयासको घटनामा गाउँमै मिल्न स्थानीय नेताको दबाब प्रहरीले हस्तक्षेगरि मुद्दा दर्ता

  • प्रकाशित मिति : May 29, 2021
  • sthaniyasarkar.com

काठमाडौ : धनुषा रघुनाथपुरका युवाहरुले एक १७ बर्षिय किशोरिमाथी सामूहिक बलात्कार प्रयासको गरेका छन । उक्त घटना गाउँमै मिलाउन खोजिए पछि घटनामाथि प्रहरीले हस्तक्षेगरि मुद्दा दर्ता भएको छ ।

१७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए । रघुनाथपुर बस्ने तीन युवाले किशोरीलाई बलात्कार प्रयास गर्दै भिडियोसमेत खिचेको पीडित किशोरीले जनाएकी छन् ।

पीडित परिवारजनले इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते आरोपित तीन युवा गाउँकै १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवान विरुद्ध उजुरी दर्ता गराएका छन् ।

घटना लगत्तै आरोपित तीनै जना युवा फरार रहेकाले उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।

जेठ १२ गते दिउँसो खेत गएकी किशोरीलाई ती युवाले सामूहिक बलात्कार प्रयास गरेको पीडितले बताइन् । घटनापश्चात् पीडित परिवारलाई गाउँमै मिल्न स्थानीय केही नेताले दबाब दिँदै आएका थिए ।