कोरोना पीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउदै कटारी नगरपालिका

  • प्रकाशित मिति : May 28, 2021
  • sthaniyasarkar.com

काठमाडौ : उदयपुरको कटारी नगरपालिकाले नगरभित्रका कोरोना पीडित परिवारलाई राहत उपलब्ध गराउने भएको छ। कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग प्रतिमृतक २५ हजार रुपैयाँ मृतकका परिवारलाई उपलब्ध गराउने भएको छ ।

संक्रमणबाट ज्यान गुमाएका नगरबासीलाई सहज होस् भन्ने उद्देश्यले आर्थिक राहत दिने निर्णय गरिएको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताएका छन ।

एकै परिवारका १ जना बढीको संक्रमणबाट ज्यान गए प्रतिमृतक परिवारलाई २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए। यो संगै होम आइसोलेसन किटसमेत उपलब्ध गराउने पनि निर्णय गरेको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।