जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद

  • प्रकाशित मिति : May 28, 2021
  • sthaniyasarkar.com

सर्लाही : कोरोना संक्रमणको व्यावस्थापनमा प्रभावकारी भूमिका नखेलेको भन्दै सर्लाहीका जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट कोरोना संक्रमण नियन्त्रण तर्फ कुनै पहलि कदम नभएपछि  लालबन्दी, हरिवन, बागमती र इश्वरपुर नगरपालिका आफैं स्रोत व्यवस्थापनमा जुटेका छन् ।

समुदायस्तरमा संक्रमण फैलिएसँगै अक्सिजनको अभाव बढेपछि प्रमुख जिल्ला अधिकारीलाई अक्सिजनको अभाव टार्न पटकपटक आग्रह गरिए पनि समस्याको समाधान गर्न कुनै पहल नभएको सर्लाहीका पालिका प्रमुखहरुको गुनासो छ ।

तीन महिनाअघि नियक्त भएका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले कोरोना महामारीमा निषेधाज्ञा लगाउनेबाहेक अरू कुनै पनि सहकार्य नगरेको जनप्रतिनिधिहरूले आरोप लगाएका छन ।