यौन हिंसा आरोपमा कैलाली बाट गुम्बाका संरक्षक पक्राउ

  • प्रकाशित मिति : May 27, 2021
  • sthaniyasarkar.com

धनगढी : यौन हिंसा गरेको आरोपमा प्रहरीले गुम्बाका संरक्षक पक्राउ परेका छन। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका वनखेतस्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई रहेका छन।

गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टले जानकारी दिए ।

गुम्बामा रहेका केही बालिकाले संरक्षक लामाले आफूहरुमाथि यौन हिंसा गरेको सार्वजनिक रुपमा बताएपछि बिहीबार प्रहरी टोली गुम्बामा पुगेको थियो ।