नाबालिकालाइ बलात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ

  • प्रकाशित मिति : May 27, 2021
  • sthaniyasarkar.com

काठमाडौ : कञ्चन गाउँपालिकामा ४ बर्षे नाबालिकालाइ बलात्कार गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालिकाका आमाबुवा खेतमा काम गर्न गएको समयमा गन्धर्वले यही जेठ ११ गते दिउँसो १ः०० बजे बालिकालाई जबर्जस्ती करणी गरेको परिवारको भनाइ छ ।

घरमा कोही नभएको मौका छोपेर गन्धर्वले करणी गरेको बालिकाले बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।