कैलालि : कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले पुष्टि गरे ।
निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको हिजो राति ११ बजे मृत्यु भएको हो।उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो।मल्ल पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत हुन।
पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका उनी काँग्रेसमा प्रवेश गरेका थिए । मल्ललाई २०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।