प्रधानमन्त्री राष्ट्रपति भेट्न शितल निवासमा

  • प्रकाशित मिति : May 26, 2021
  • sthaniyasarkar.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति निवास शीतल निवास पुगेका छन्।

कोरोना महामारीको सन्दर्भमा राष्ट्रपति भण्डारीले छिमेकीराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ र दक्षिणी छिमेकी भारतका राष्ट्रपति रामनाथ कोविदसँग फोन वार्ता गरेको सन्दर्भ तथा देशमा राजनीतिक संकट बढेका बेला प्रधानमन्त्री शीतल निवास पुगेका स्रोतले जानकारी दिएको छ ।