काठमाडौ : कोरोना संक्रमणबाट सप्तरीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार गराइरहेका एक महिला र पुरुषको मंगलबार राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी सूर्यकान्त झा ले जानकारी दिए।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा रुपनी गाउँपालिका वडा नम्बर २ की ५५ बर्षीया महिला र सुरुंगा नगरपालिका ९ का ७५ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।कोरोना संक्रमित महिला गत जेठ ६ गतेदेखि र पुरुष ८ गतेदेखि अस्पतारमा उपचार गराइरहेका थिए ।