निषेधाज्ञामा थप कडाइ, के के पाइन्छ ? के के पाइन्न ?

  • प्रकाशित मिति : May 25, 2021
  • sthaniyasarkar.com

काठमाडौं : उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको साथै थप कडाइ गरिने भएको छ।

निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन्।मंगलबार बसेको उपत्यका का तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारीसाधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको हो ।

यता थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

यो अवधिमा संक्रमण दर घटे क्रमशः विभिन्न क्षेत्रलाई खुकुलो पार्दै लैजाने गृह मन्त्रालयको तयारी छ । संक्रमण दरमा सुधार नभए पुुन:निषेधाज्ञा थप हुनेछ।