मोरङमा निर्माणाधीन पुलकाे मुनी महिलाकाे शव

  • प्रकाशित मिति : May 25, 2021
  • sthaniyasarkar.com

मोरङ : विरनटनगर ३ स्थित पुष्पलाल चाेक नजिकै घिनियाघाट पुलकाे मुनी महिलाकाे शव फेला परेकाे छ ।

निर्माणाधिन अवस्थामा रहेकाे पुलकाे मुनि रहेकाे खाल्डाेमा जमेकाे पानीमा डुवेकाे अवस्थामा स्थानिय  ४३  वर्षीय सुमित्रा खतिवडा मृत अवस्थामा फेला परेकाे माेरङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताएका छन् ।

राईका अनुसार घटनाकाे जानकारी पाएसंगै प्रहरी टाेले उक्त स्थानमा पुगी आवश्यक अनुसन्धान भइरहेकाे छ ।