सडक दुर्घटनामा परि एकको मृत्यु

  • प्रकाशित मिति : May 24, 2021
  • sthaniyasarkar.com

काठमाडौ : कास्कीमा मोटरसाइकल दुर्घटना परी एक युवकको मृत्यु भएको छ । रिभानबाट लुम्लेतर्फ जादै गरेको ग १४ प ९७५५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा घाइते भएका युवाको उपचारका क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा परि घाइते भएका माछापुच्छ्रे–८ लुम्लेका १८ वर्षीय लक्की बिकको फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनालगत्तै घटनास्थलमा प्रहरी टोली पुगेर घाइतेको उद्धार गरेको थियो।