देउवाको पक्षमा परमादेश माग्ने रिटमा माधव पक्षका १९ सांसदको हस्ताक्षर

  • प्रकाशित मिति : May 23, 2021
  • sthaniyasarkar.com

काठमाडौं : कांग्रेस सभापति शेरवहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्न माग गर्दै रिट दायर गर्न लागेको विपक्षी गठबन्धनमा माधव नेपाल पक्षका १९ जना सांसदले हस्ताक्षर गरेका छन् ।

माधव पक्षीय सांसद झपट रावलका अनसार १९ जनाको हस्ताक्षर भइसकेको छ । अरु केही सांसद आउने क्रममा रहेको र केही विरामी परेको भन्दै रावलले संसद विघटनकोविरुद्ध  ३५ जना सांसदले आफूहरुलाई साथ दिएको बताए ।

संसद भवन नयाँ बानेश्वरमा घनश्याम भुसाल,सोमप्रसाद पाण्डे,झपट रावल,रामकुमारी झाँक्री लगायतका सांसद हस्ताक्षर जुृटाउन सक्रिय छन् ।

सांसद पाण्डेले पार्टी एकताको प्रयास अझै पनि जारी रहेको तर संसद जोगाउन आफूहरुले देउवालाई प्रधानमन्त्रीमा साथ दिएर रिट दायर गर्न लागेको बताए । गोकर्ण विष्ट,योगेश भट्टराई लगायतका नेताले भने हस्ताक्षर गरेका छैनन् ।