नयाँ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) पार्टी दर्ता

  • प्रकाशित मिति : May 23, 2021
  • sthaniyasarkar.com

काठमाडौं : निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) पार्टी दर्ताका लागि निवेदन परेको छ ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका नेता जीवन राई अध्यक्ष रहेको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

नयाँ पार्टी दर्ताका लागि वैशाख ७ गते निवेदन दिएको र ४५ दिनपछि दल दर्ताको प्रमाणपत्र लिन बोलाएका उनले बताएका छन  । एमालेको माधवकुमार नेपाल पक्षका नेता राईले पार्टी भने आफ्नै लागि दर्ता गरेको बताए ।

‘मेरो राष्ट्रपति, प्रधानमन्त्री, माधव कमरेड सबैसँग राम्रो सम्बन्ध छ, तर नेताका लागि पार्टी दर्ता गरेको होइन, आफ्नै लागि हो’ उनले भने ।