कोरोना संक्रमबाट काङ्ग्रेस नेताको निधन

  • प्रकाशित मिति : May 23, 2021
  • sthaniyasarkar.com

कञ्चनपुर : नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको कोरोना संक्रमबाट निधन भएको छ।

५२ वर्षीय ऐरको शनिबार राति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको हो। गत वैशाख २८ मा संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए। तीन दिनअघि स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।