राजनीतिक र कानुनी संघर्ष अघि बढाउने तर सडक संघर्ष नगर्ने : माओवाद केन्द्र

  • प्रकाशित मिति : May 22, 2021
  • sthaniyasarkar.com

काठमाडौँ : नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानुनी संघर्ष अघि बढाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध संविधान र लोकतन्त्र पक्षधरहरूसँग एकताबद्ध भएर संघर्ष गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकले राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी, बुद्धिजिवी लगायत लोकतन्त्र रक्षाको पक्षमा रहेका सबैलाई यसको प्रतिवादमा उत्रिनसमेत अपील गरेको छ । प्रवक्ता श्रेष्ठले देश कोभिड-१९ महामारीको भयावह संक्रमणबाट गुज्रिरहेको अहिलेको अवस्थामा समग्र पक्षलाई ध्यान दिएर संसद् विघटन गर्ने कदमको प्रतिवाद गर्ने निर्णय भएको तर सडक आन्दोलन भने नगर्ने बताए ।