काठमाडौ : तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई १० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
मृत्यु भएकाको परिवारलाई सम्बन्धित वडाको सिफारिशमा राहत दिने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै, कोभिड–१९ सङ्क्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई पाँच हजार रुपैयाँ उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।
शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शववाहन र काजकिरिया खर्च वापत जनही १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।