जनताको सारथी बन्दै नेता मोहन बस्नेत

  • प्रकाशित मिति : May 22, 2021
  • sthaniyasarkar.com

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा बढ्दो नयाँलक्षण सहितको कोभिड-१९ महामारिको जोखिमलाइ मध्यनजर गर्दै नेपाली काङ्ग्रेसका प्रभावशाली नेता तथा पुर्ब सूचना तथा सन्चार मन्त्री मोहन बस्नेतले जिल्लाबासी लाई  2500 थान माक्स हस्तान्तरण गरेका छन।

साथै उहाँले यो बिसम परिस्थितिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जनतको साथमा रहेको र सधैं जनताको सेवामाआफु तल्लीन रहेको प्रतिबद्धता गराउनु भएकोकुरा समाजसेबी बिमल पहरीले सञ्चारमाध्यमलाई बताए ।

उहाले यो भन्दा अघि पनि कोभिड-१९ का बिरामीलाई निशुल्क उपचार गर्ने उद्देश्यले अक्सिजन र भेण्टिलेटर सहितको १०० बेड को अस्पताल बनाउने घोषणा गरेको केही समय भित्रै उक्त अस्पतालको लागि चाहिने १०० वटा बेड, १०० वटा अक्सिजन सिलिन्डर लगायतका विभिन्न सामग्रीहरु प्रदान गरि सक्नु भएको छ।
संचारमाध्यम सङ कुरागर्दै नेता बस्नेतले आवश्यक स्वास्थ सामग्रीहरु आई सकेको र आउन बाकि सामाग्री पनि छिट्टै आउने  बताएका छन । साथै सिन्धुपाल्चोकका कुनै पनि जनता कोरोनाको कारण उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताएका छन ।