प्रधानमन्त्रीमा देउवाको दाबि

  • प्रकाशित मिति : May 21, 2021
  • sthaniyasarkar.com

काठमाडौ : देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्न विपक्षी गठबन्धन राष्ट्रपति कार्यालय पुगेका हुन्।

यसअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलगायत नेताहरू छलफल गरेका थिए।

१४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा नयाँ सरकारका लागि दाबी पेश गर्न जाने निर्णय भएको थियो।