गाउँपालिकाकाका अध्यक्ष, उपाध्यक्ष र कर्मचारीमा कोरोना संक्रमण

  • प्रकाशित मिति : May 21, 2021
  • sthaniyasarkar.com

बैतडी : शिवनाथ गाउँपालिकाकाका अध्यक्ष, उपाध्यक्ष र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थागित गरिएको छ।अध्यक्ष कर्ण साउद, उपाधयक्ष कुश्मा चन्दसहित नौजनामा संक्रमण पुष्टि भएको हो।

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा जेठ  १७ गतेसम्म स्थगित गरिएको छ। गाउँपालिकामा हालसम्म ८१ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताए। कोरोना संक्रमणबाट बच्नका लागि अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गरिदिन समेत गाउँपालिकाले अनुरोध गरेको छ।