रास्ट्रपतिको पछिल्लो कदमप्रती गगन थापाको आक्रोश

  • प्रकाशित मिति : May 21, 2021
  • sthaniyasarkar.com

काठमाडौ : नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्न आग्रह गरेका छन् ।

रास्ट्रपतिको पछिल्लो कदमप्रती आक्रोश पोख्दै सामाजिक सञ्जालमा उनले आफ्ना विचार सार्वजनिक गर्दै भनेका छन्–‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो रु जानेर गरेको हो । गनगन गरेर नबसौँ । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि साँझ ५ बजेभित्र वैकल्पिक सरकार गठनका लागि समय दिएको प्रति आक्रोश व्यक्त गर्दै थापाले उनले दिएको समय अगावै सरकार बनाएर प्रधानमन्त्री ओलीलाई बिदा गर्न पनि आग्रह गरेका छन् ।