कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु

  • प्रकाशित मिति : May 20, 2021
  • sthaniyasarkar.com

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । ८३०५ जना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।