बादललाई हराउँदै खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित

  • प्रकाशित मिति : May 20, 2021
  • sthaniyasarkar.com

काठमाडौ  : नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।

आज भएको मतगणनामा देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको हो। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले देवकोटा विजयी भएको जानकारी दिएका छन ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।