राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाइ अग्रता

  • प्रकाशित मिति : May 20, 2021
  • sthaniyasarkar.com

काठमाडौं : वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा. खिमलाल देवकोटाले अग्रता लिएका छन् ।

स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन् । स्थानीय तहको कुल २३८ मध्ये २३३ मत मात्र खसेको थियो । वाग्मती प्रदेशका स्थानीय तहमा नेकपा एमालेको १३३ मतदाता छन् ।