माओवादी केन्द्रका नेता दिपक पाण्डेमाथि गोली प्रहार

  • प्रकाशित मिति : May 20, 2021
  • sthaniyasarkar.com

काठमाडौं : कपिलवस्तुको कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा माओवादी केन्द्रका नेता दिपक पाण्डेमाथि गोली प्रहार छ ।

गएराती अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका छन् । गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान र घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए ।

उनीहरुमाथि पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले गोली हानेर भागेका हुन् । अयाजको बायाँ हातको कुममा गोली लागेको छ । उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ । भने नेता दिपक पाण्डेलाई उपचारका लागी भैरहवा भेडिकल कजेलमा राखिएको छ । उनको ढाड र पेटमा गोली लागेको छ ।