होलेरीमा कोरोनाबाट बाबुछोरोको मृत्यु

  • प्रकाशित मिति : May 20, 2021
  • sthaniyasarkar.com

काठमाडौ  : रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरीमा कोरोनाबाट बाबुछोरोको मृत्यु भएको छ । स्थानीय ऋषिराम श्रेष्ठ र उनका छोरा सुन्दर श्रेष्ठको कोरोना संक्रमणका कारण चार दिनको फरकमा मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि नेपालगञ्जबाट थप उपचारका लागि काठमाडौं लगिएपनि जेठा छोरा सुन्दरको बुधबार  उपचारको क्रममा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरले बताए । बुबा ऋषिरामको पनि काठमाडौंमा उपचार गर्दै गरेका बेला ४ दिनअघि मृत्यु भएको थियो ।