प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठको कोरोना संक्रमण बाट निधन

  • प्रकाशित मिति : May 20, 2021
  • sthaniyasarkar.com

काठमाडौ : महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठको कोरोना संक्रमण बाट निधन भएको छ।

कोरोनाभाइरस संक्रमणपछि नेपाल प्रहरी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको आज निधन भएको एक प्रहरी अधिकृतले जानकारी दिए।

उनलाई आइसियू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। गत वैशाख २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।