श्रीमती हत्यागरि फरार भएका अभियुक्त पक्राउ

  • प्रकाशित मिति : May 19, 2021
  • sthaniyasarkar.com

वीरगञ्ज : बारामा प्रहरीले आफ्नी श्रीमती हत्यागरि फरार भएका अभियुक्त लाई पक्राउ गरेको छ । हत्यारा जीतपुर सिमरा उपमहानगरपालिका– ३ बजनी छिमेकी बैंक टोलका ५६ वर्षीय हरिबहादुर कार्की पक्राउ परेका हुन् ।

कार्कीलाई वैशाख ९ गते श्रीमती ४५ वर्षीया पार्वती कार्कीको हत्या गरेका थिए। वैशाख ९ गते राति श्रीमान श्रीमतीबीचको झगडामा हरिबहादुरले इँटाले हिर्काएका थिए । भोलिपल्ट पार्वती घरको माथिल्लो तल्लामा मृत अवस्थामा भेटिएकी थिइन् ।

घटनापछि फरार कार्कीलाई ईलाका प्रहरी कार्यालय सिमराको टोलीले जितपुर सिमरा– २ बाट पक्राउ गरेको हो । कार्किलाइ हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।