गगन थापाको संक्रमितलाई अस्पताल जान निःशुल्क यातायात अभियान

  • प्रकाशित मिति : May 19, 2021
  • sthaniyasarkar.com

काठमाडौँ : नेपाली कांग्रेसका युवा नेता तथा पुर्वस्वस्थ्य मन्त्री गगन थापाले कोभिड १९ संक्रमण भएर घरमै बसेका संक्रमितलाई अस्पताल जान निःशुल्क यातायात अभियान सुरु गरेका छन् ।

उनको आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं. ४ मा बुधबारदेखि अस्पताल जाने संक्रमितका लागि निःशुल्क यातायात सुरु गरिएको सांसद थापाले बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा यसबारे जानकारी दिँदै उनले निषेधाज्ञामा अरु यातायातका साधन नहुने भएकाले अस्पतालसम्म जानका लागि निःशुल्क यातायात सुरु गरेको बताएका छन् । घरबाट अस्पताल, आइसोलेशनमा जानका लागि निःशुल्क गाडी चढेर जान सकिने पनि उनले सामाजिक सञ्जालमा जानकारी दिएका छन ।

यसका लागि काठमाडौँ महानगरपालिकाका तर्फबाट ९८५१०९६३०३, बुढानिलकण्ठ नगरपालिकाका तर्फबाट ९८५१०६५२५६ मा सम्पर्क गर्न सांसद थापाले नम्बर उपलब्ध गराएका छन् । यस्तै हटलाइनका लागि ९८६०३४०५८७ मा पनि फोन वा एसएमएस गर्न सकिने सांसद थापाले बताएका छन् ।