दाउन्नेमा बस दुर्घटना हुँदा  चारजनाको मृत्यु

  • प्रकाशित मिति : May 19, 2021
  • sthaniyasarkar.com

काठमाडौ : पूर्व–पश्चिम महेन्द्र राजमार्गको बर्दघाट–दाउन्नेमा बस दुर्घटना हुँदा  चारजनाको मृत्यु भएको छ।

काठमाण्डौबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि चिसापानी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिए।

उद्धार कार्य चलिरहेकाले बिस्तृत विवरण आउने बाँकी रहेको प्रहरी निरीक्षक वाग्लेले बताए।