सामुहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ

  • प्रकाशित मिति : May 18, 2021
  • sthaniyasarkar.com

काठमाडौं : कपिलवस्तुमा एक बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कुदरबेटवा बस्ने २६ वर्षीय इलियस मुसलमान र २१ वर्षीय चिनका मुसलमान उर्फ सलमान छन्।

जिल्लाको शिवराज नगरपालिका ६ स्थित कुरदबेटवामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। गएराती ९ बजेतिर गोठबाट घर जाँदै गरेकी १३ वर्षीय बालिकालाई उनीहरुले बलात्कार गरेको आरोप छ।

आरोपीहरुलाई वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले पक्राउ गरेको हो। मोटरसाइकलमा राखेर बालिकालाई उनीहरुले आँपको बगैँचामा लगेर बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन्। आरोपीहरुमाथि बलात्कार मुद्दामा अनुसन्धान भइरहे छ ।