कोरोना संक्रमणबाट एकजना चिकित्सकको मृत्यु

  • प्रकाशित मिति : May 18, 2021
  • sthaniyasarkar.com

काठमाडौ : सिरहामा कोरोना संक्रमणबाट एकजना चिकित्सकको मृत्यु भएको छ । लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

लहान नगरपालिका वडा-६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए ।

उनका अनुसार डा. चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए ।