ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एकको मृत्यु

  • प्रकाशित मिति : May 18, 2021
  • sthaniyasarkar.com

काठमाडौ : कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका स्थित सिद्धार्थ क्याम्पस नजिकै बुड्चीमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परि ४३ वर्षिय बिनोद मल्ल गम्भीर घाईते भएका छन् ।

ना ७ ख ८६९० नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ सोही नगरपालिका वडा नं. १ बस्ने अन्दाजी ४३ वर्षिय बिनोद मल्ल गम्भीर घाईते भएका छन् । मल्ललाई अहिले उपचारका लागि प्रदेशिक अस्पताल बुटवल लैजाने क्रममा मृत्यु भएको भन्ने भए पनि यसबारे प्रहरीले अझै पुष्टि गरेको छन् ।

स्रोतका अनुसार मल्लको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको बताएको छ । ठक्कर दिने ट्रक अहिले ईलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको पिपरा प्रहरी प्रमुख दिनेश गुरुङ्गले बताउनु भएको छ ।