अझै पहिचान खुलेन बेवारिसे शवको

  • प्रकाशित मिति : May 18, 2021
  • sthaniyasarkar.com

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित वडा नम्बर–६ मा रहेको बालवन बालखोलामा भेटिएको शवको अझै पहिचान खुल्न सकेन ।जेठ १ मा भेटिएको शवको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले जानकारी दिएकी छन ।

करिब ३० वर्षका पुरुषको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो । शरिरमा कपडा थिएन, टाउको खोलामा डुबेको थियो। सो शवको पहिचान अझै खुल्न सकेको छैन् । शवको मृतकको शरिरमा बाहिरी चोटपटक देखिएको छैन । कपडा केही मिटर खोला किनारमा प्रहरीले भेट्टाएको छ । शव पोष्टमार्टमका लागी दुवाकोट स्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ । उक्त शवको आज मंगलबार शवको पोष्टमार्टम गरिने एसपी थापा​ले बताइन् ।