कैलालिमा थप एकसाता निषेधाज्ञा

  • प्रकाशित मिति : May 17, 2021
  • sthaniyasarkar.com

धनगढी : कैलालीमा जारी निषेधाज्ञा एक साता थप्ने निर्णय गरिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञा लम्ब्याएर जेठ १३ गतेसम्म पु¥याउन सिफारिस गरेको जानकारी दिए ।