मजदूर वर्गको सहाराबन्दै सुनसरी तरुण दल

  • प्रकाशित मिति : May 17, 2021
  • sthaniyasarkar.com

काठमाडौ : नयाँ भेरियन्टको कोरोना संक्रमणले तीव्ररुपले संक्रमितको संख्या बढ्दै गएपछि सुनसरी जिल्लामा हाल निषेधाज्ञा जारी छ । कोरोना भाइरस महामारीले जारी निषेधाज्ञाका बेला खाद्यान्न नपाएर भोकभोकै रहेकाहरूलाई नेपाल तरूण दल सुनसरीले सहयोग गर्न थालेको छ।

नेपाल तरूण दल सुनसरी जिल्ला अध्यक्ष सिजन गुरूङले कमजोर आर्थिक अवस्था भएकाहरूलाई खाद्यान्न र मास्कलगायत सामग्री सहयोग हस्तान्तरण गरेका छन। ‘लगातारको निषेधाज्ञाले काम गरि खाने मजदूर वर्गलाई हातमुख जोर्न गाह्रो भइरहेको छ, उनीहरूलाई खाद्यान्न र आवश्यक स्वास्थ्य सामग्री नि:शुल्क उपलब्ध गराएका हौं,’ उनले भने।

विगतमा घरघर तथा टोलमा पुगेर खाद्यान्नलगायत सहयोग गरे पनि अहिले निषेधाज्ञा रहेकोले टेलिफोन नम्बर दिइएको र उक्त नम्बरमा फोन गरेपछि खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गर्न थालिएको उनले बताए।

‘कसैलाई खाद्यान्नलगायत समस्या छ भने हामीलाई ९८०३३४०९५९ नम्बरमा फोन गर्न सक्नुहुन्छ। हाम्रा साथीहरूले घरमै खाद्यान्नलगायत सामग्री उपलब्ध गराइदिनुहुनेछ,’ उनले जानकारी दिए।