पाल्पा र गुल्मीमा जारी निषेधाज्ञालाई जेठ १५ गतेसम्म

  • प्रकाशित मिति : May 17, 2021
  • sthaniyasarkar.com

काठमाडौ : नयाँ भेरियन्टको कोरोना संक्रमणले तीव्ररुपले संक्रमितको संख्या बढ्दै गएपछि पाल्पा र गुल्मीमा जारी निषेधाज्ञालाई जेठ १५ गतेसम्मलाई थप गरिएको छ ।

जारी दोस्रो चरणको निषेधाज्ञा जेठ ४ गते सकिदैछ र सोही रातबाट तेस्रो चरणको निषेधाज्ञा लागुहुनेछ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।

ती दुवै जिल्लामा अहिले पनि दैनिक संक्रमित थपिएको हुँदा तेस्रो चरणमा आगामी जेठ १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।