काठमाडौ : कैलाली जिल्लामा नयाँ भेरियन्टको कोरोना संक्रमणले तीव्ररुपले संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ।
पिसिआर जाँच गरेका ४ हजार ५ सय ९ र एन्टिजेन जाँच गरेका ५ सय १६ गरी ५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् ।कैलालीमा कोराना संक्रमणले अहिले सम्म १ सय ६२ जनाको मृत्यु भईसकेको छ।
स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो लहरको कोरोना संक्रमणले ३१ जनाको मृत्यु भएको थियो।त्यस यता नयाँ भेरियन्टको कोराना संक्रमणले तीन सातामा कैलालीमा १ सय ३१ जनाको मृत्यु भएको छ। सुदूरपश्चिममा कैलाली सवैभन्दा बढी संक्रमण र मृत्युदर भएको जिल्ला हो।