कोरोनाको कारण वडाध्यक्षको निधन

  • प्रकाशित मिति : May 17, 2021
  • sthaniyasarkar.com

काठमाडौ  : दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको निधन भएको छ । चौधरीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो।

कोरोना संक्रमणका कारण कोहलपुर मेडिकल कलेजमा केही दिनदेखि सघन उपचार गराइरहेका वडाध्यक्ष चौधरीको सोमबार मृत्यु भएको हो ।

दंगीशरण गाउँपालिका वडा नम्बर ३ चखौराका ६३ वर्षीय चौधरी स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय स्तरमा लोकप्रिय रहेका चौधरी बेस नेपालका केन्द्रीय सदस्यसमेत हुन् ।