निषेधाज्ञा थप एकसाता लम्बिने

  • प्रकाशित मिति : May 17, 2021
  • sthaniyasarkar.com

काठमाडौं : पछिल्ला दिनमा कोरोनाको केन्द्र्बिन्दु बनेको बाँकेमा जारी निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिएको छ । जि.प्र.का. ले विज्ञप्ति मार्फत सुचना जारी गरेको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार एक विज्ञप्ति जारी गर्दै सोमबार (जेठ ३ गते) राति १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय भएको जानकारी दिएका हुन् ।

कोभिड–१९ को संक्रमण दरमा कमी नआइ परिस्थिति असहज बन्दै गइरहेकोले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्थालाई अझ प्रभावकारी बनाउन जारी निषेधाज्ञा लम्ब्याएको विज्ञप्तिमा उल्लेख छ ।