पेस्तोलसहित एक जनालाई पक्राउ

  • प्रकाशित मिति : May 17, 2021
  • sthaniyasarkar.com

सर्लाही : सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले  पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही गाउँ निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतोलाई पक्राउ परेका हुन।

इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवालका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको जानकारी अनुसार इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवाल र प्रहरी चौकी फुलजोरको संयुक्त गस्ती टोलीले शङ्का लागि जाँच गर्दा महतोको साथबाट एक थान मोबाइल, एक थान नकाब, रातिको समयमा प्रहरीले लगाउने जस्तो रङको ज्याकेट एक थान र विआर ३० यु ७७७३ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको हो।