पोषिला खानेकुरा, स्वास्थ्य सामग्री र भिटामिनयुक्त कोसेलीबोक्दै चन्दननाथ नगरपालिका

  • प्रकाशित मिति : May 17, 2021
  • sthaniyasarkar.com

काठमाडौ  : कोरोना महामारीले देश भयभित अवस्थामा पुग्दा महामारीलाई नियन्त्रण गर्ने विभिन्न उपायहरु अवलम्बन गर्ने गरिएको छ। महामारीको प्रभावले शारीरिक स्वस्थ्य सङै मानसिक असरपनि बढ्दै गएको पाइएको छ।

महामारीको प्रभावले शारीरिक स्वस्थ्य सङै मानसिक प्रभावलाई कम गर्न र संक्रमीत लाई हौसला प्रदानगर्न जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोनाले संक्रमित भएका नागरिकले घरघरमै पुगेर पोषिला खानेकुरा, स्वास्थ्य सामग्री र भिटामिनयुक्त कोसेली वितरण गरेको छ ।

नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले संक्रमितका घरघरमा पोषिला आहारसँगै स्वास्थ्य सामग्री पुर्याउने निर्णय गरेपछि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी कोसेली लिएर संक्रमितका घर–घर पुगेका हुन् ।

चन्दननाथ नगरपालिकामा हालसम्म ६७ जना संक्रमित छन्, जसमध्ये ४३ जना होम आइसोलेसनमा छन् । बाँकी कर्णाली प्रतिष्ठानको आइसोलेसनमा उपचाररत छन् ।

होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने उपाय सिकाउनुका साथै मनोबल उच्च पार्न परामर्शसमेत दिइन थालेको छ । चन्दननाथले संक्रमितका घरघर पुगेर भेटघाट तथा पोषिला आहारा दिने कार्यक्रमले संक्रमित पनि खुसी भएकाछन् ।