सुदूरपश्चिम प्रदेशमा २४ घण्टामा २१ जना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : May 17, 2021
  • sthaniyasarkar.com

­काठमाडौ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा धेरै कैलालीमा ९ जना, कञ्चनपुरका ५ जना, डडेल्धुरा र बझाङ २-२ जना, बैतडी, अछाम र दार्चुलाका १-१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हाे ।

यो सँगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३४ पुगेको छ । पछिल्लाे २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप १ हजार ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३० हजार चार सय २० पुगेको छ ।