हालसम्म कोरोना मुक्त पालिकाहरु

  • प्रकाशित मिति : May 16, 2021
  • sthaniyasarkar.com

काठमाडौ : ताप्लेजुङका ९ मध्ये २ वटा स्थानीय तहमा अहिलेसम्म कोरोना संक्रमित फेला नपरेको पाइएको छ । ९ स्थानीय तहमध्ये सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको हो, फुङलिङ नगरपालिका ।जहाँ कोरोनाका कारण ५ जनाले ज्यानसमेत गुमाएका छन् ।

ताप्लेजुङका अधिकांस पालिकामा महामारीको प्रकोप देखिएपनी हालसम्म दुई पालिका भने कोरोना संक्रमण मुक्त रहिआएका छन।हालसम्म कोरोनाको सन्क्रमित नभेटिएता पनि बढ्दो जोखिमलाइ ध्यानमा राखेर पालिकाबासीलाई अत्यावश्यक कामबाहेक पालिकाभन्दा बाहिर जान प्रतिबन्ध गरिएको छ।

अहिलेसम्म संक्रमितविहीन गाउँपालिका हो, मिक्वाखोला । यो गाउँपालिकाबाट २० जनाको स्वाब परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले जानकारी दिए ।

त्यस्तै फक्ताङ्लुङ गाउँपालिकामा पनि सक्रिय संक्रमित देखिएका छैनन् । सोही कारण यो अवस्था कायम राख्न गाउँपालिकाले पालिका प्रवेश गर्नेहरूको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ भएको प्रमाण अनिवार्य हुनुपर्ने नियम बनाइएको छ ।