सकियो अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच ‘वान टु वान’ वार्ता

  • प्रकाशित मिति : May 16, 2021
  • sthaniyasarkar.com

काठमाडौ : पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरुप सिंहदरबारमा  अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच ‘वान टु वान’ वार्ता सकिएको छ । वार्ता सकारत्मक भएको दुबै नेताले सञ्चारमाध्यमलाई जानकारी दिएका छन।

दुई नेताबीचको वार्ता विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लागेको बताइएको छ । कार्यादलमा ओलि पक्षबाट उपाध्यक्ष सुवास नेम्वाङ नेतृत्व मा शंकर पोख्रेल,बिष्णु पौडेल ,प्रदीप ज्ञवाली, र विष्णु रिमाल रहेका छन् भने नेपाल समुहमा उपाध्यक्ष भिम रावल को नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने सहमति जुटेको छ।

बैठकपछि नेता माधव नेपालले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेको बताए । तर प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले थप समय चाहिने धारणा राखेको बताएको जानकारी दिए ।